Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताएका छन् । उनले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्व बुझ्न जरुरी रहेको उल्लेख गरे । उनले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताएका छन् ।

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताए । नैतिक, जिम्मेवार र समावेशी अुनसन्धान वातावरण सिर्जना गरी एक भएर काम गर्न आह्वान गरेका छन् । विश्वव्यापी स्वास्थ्यको सुधारका लागि एक भएर काम गर्न आह्वान गरेका  छन् ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?