Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल


काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन्  ।

सोमवार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए । उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट परेका छन् । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उनले भने, ‘अब यो बीआरआईको जुन कुरा छ । यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा अहिले विकास गर्दै गर्दै झण्डै झन्डै अहिले ग्लोबल अवधारण बनिसक्यो । ग्लोवल प्रोजेक्ट जस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ । ३ हजार करिव सम्झौताहरु बनिसकेका छन् । र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ । र, यो चीन र बीआरआई मुलुकहरुबीचको व्यापार मात्रै हेर्नुभयो भने पनि छ ट्रिलियन डलर भन्दा बढिको व्यापार हुन थालेको छ । अब यो प्रोजेक्ट चिनिया प्रोजेक्ट मात्रै भएन, यो एउटा ग्लोवल प्रोजेक्ट हो । संसारमा १९३ वटा मुलुक छन । १५३ मुलुकले यसमा सम्झौता गरिसकेका छन् । अब करिव ४० मुलुकमा त बाँकि रहे । दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ । फाईदाजनक रहेछ, लाभकारी रहेछ । त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहीँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौ, त्यो नेगोशिएशनमा भर पर्छ । कुन चाहीँ प्रोजेक्टमा हामीले लोन लिनसक्छौं, नेगोशिएशनमाथि भरपर्छ । कुन चाँही प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौ, नेगोशिएशनमाथि भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ । र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ । यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो । यस्ता कुराहरुमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक जसले स्वतन्त्रता दिवस पनि मनाउँदैन । हामी सदासर्वदा स्वतन्त्र मुलुक हौं । यस्तो मुलुकले त्यस प्रकारको कुनैपनि वाह्य प्रेसरहरुको आधारमा हामीले आफनो नीति बनाउने होइन । हामीले स्वतन्त्रताका साथ बीआरआई प्रोजेक्न पनि लिनुपर्छ । अरु कुनैपनि देशबाट लिने सम्झौता, सहमतीहरु हाम्रो देशको आवश्यकता अनुसार गर्नुपर्छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरु पर्नुपर्ने आवश्यकता छैन । हामो देश पर्नुपर्ने आवश्यकता छैन । कुनै नेताहरुलाई त्यसैबाट डिप्रशेन पैदा भएको छ भने त्यो बेग्लै कुरा हो । तर नेपाल एउटा इन्डिपेन्डेन्ट कन्ट्री हो । हामीले त्यो हेल्दी ढंगले अगाढि बढनु पर्छृ आग्रह र पूर्वाग्रहको पासोमा पर्नुहुँदैन । प्रधानमन्त्रीले के भन्नुभयो भने यसपालीको भमणमा लोन सम्झौता गर्दिन भन्ने खालको कुरा गर्नुभयो । ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नु हुन्न भने त्यो तपाईको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाँही असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले पैmसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहो¥ए ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?