Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पेप्सिकोला दुर्घटना अपडेट : एक जनाको मृत्यु


१७ भदाै, काठमाडाैँ । पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताए ।

उनका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई भएको सवारी दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटना बिहान ८ बजेतिर भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जनाएको छ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?