तुलसीपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन्
अमेरिका । टेक्सासको ह्युस्टनस्थित २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा
काठमाडौं। साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गतको खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा भुटानलाई हराएर नेपाल फाइनलमा पुगेको हो भने बंगलादेशले भारतलाई पराजित गरेको थियो ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचन मार्फत मार्फत १७ जना पदाधिकारी चयन गरेको छ। हिजो मंगलबार उपाध्यक्ष, उपमहासचिव र सचिव पदका लागीनिर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका
काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र
काठमाडौँ । हराएका वर्षका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाश तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी,सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाका
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताएका छन् । अध्यक्ष केसीले आफ्नो पार्टीले पनि