Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो


काठमाडौँ । भारतको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरको अवधिमा ५.४ प्रतिशतमा घटेको छ । जुन सात त्रैमासिकमा सबैभन्दा सुस्त गति हो । अघिल्लो त्रैमासिक अप्रिलदेखि जुनसम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्पादन तथा खानी क्षेत्रको कमजोर प्रदर्शनका कारण जुलाई–सेप्टेम्बर त्रैमासिकको सुस्तता आएको हो ।
गत वर्षको सोही अवधिमा १.७ प्रतिशतको तुलनामा जुलाई–सेप्टेम्बरको त्रैमासिकमा कृषि क्षेत्र ३.५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२३ को जुलाई–सेप्टेम्बरको त्रैमासिकमा १४.३ प्रतिशतको तुलनामा उत्पादन क्षेत्रले २.२ प्रतिशत वृद्धि गरेको छ ।

विद्युत, ग्यास, खानेपानी र अन्य उपयोगिता सेवाहरू अघिल्लो वर्ष १०.५ प्रतिशतको तुलनामा ३.३ प्रतिशतमा झरेको छ ।

निर्माण क्षेत्र पनि गत वर्ष १३.६ प्रतिशतको तुलनामा ७.७ प्रतिशतमा झरेको छ ।

व्यापार, होटल, यातायात, सञ्चार र सेवा प्रशारणमा गत वर्ष ४.५ प्रतिशतको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ ।

खानी तथा उत्खनन ०.१ प्रतिशतले संकुचित भएको छ । जुन अघिल्लो वर्ष ११.१ प्रतिशतले बढेको थियो ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?