Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो


काठमाडौँ । भारतको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरको अवधिमा ५.४ प्रतिशतमा घटेको छ । जुन सात त्रैमासिकमा सबैभन्दा सुस्त गति हो । अघिल्लो त्रैमासिक अप्रिलदेखि जुनसम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्पादन तथा खानी क्षेत्रको कमजोर प्रदर्शनका कारण जुलाई–सेप्टेम्बर त्रैमासिकको सुस्तता आएको हो ।
गत वर्षको सोही अवधिमा १.७ प्रतिशतको तुलनामा जुलाई–सेप्टेम्बरको त्रैमासिकमा कृषि क्षेत्र ३.५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२३ को जुलाई–सेप्टेम्बरको त्रैमासिकमा १४.३ प्रतिशतको तुलनामा उत्पादन क्षेत्रले २.२ प्रतिशत वृद्धि गरेको छ ।

विद्युत, ग्यास, खानेपानी र अन्य उपयोगिता सेवाहरू अघिल्लो वर्ष १०.५ प्रतिशतको तुलनामा ३.३ प्रतिशतमा झरेको छ ।

निर्माण क्षेत्र पनि गत वर्ष १३.६ प्रतिशतको तुलनामा ७.७ प्रतिशतमा झरेको छ ।

व्यापार, होटल, यातायात, सञ्चार र सेवा प्रशारणमा गत वर्ष ४.५ प्रतिशतको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ ।

खानी तथा उत्खनन ०.१ प्रतिशतले संकुचित भएको छ । जुन अघिल्लो वर्ष ११.१ प्रतिशतले बढेको थियो ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?