Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

विराटनगर किङ्समाथि जनकपुरको सहज जित


काठमाडौँ। जनकपुर बोल्ट्सले शनिवार विराटनगर किङ्सलाई आठ विकेटले हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल) मा विजयी शुरूवात गरेको छ ।

अनिल साहको कप्तानीमा रहेको जनकपुरले उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमाथि सहज जित निकाल्दै सुखद शुरुवात गरेको हो । विराटनगरले बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेपछि हार सामना गर्यो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको सामान्य लक्ष्य जनकपुरले १५.३ ओभरमा पूरा गर्यो । जनकपुरको शुरुआतमा पनि राम्रो हुन सकेन । ओपनरद्वय आसिफ शेख शुन्यमा र अनिल साह ५ रनमा नै पभेलियन फर्किए । विराटनगरले पहिलो दुई ओभरमा लगातार दुई ओपनरलाई आउट गर्दै सामान्य लक्ष्य जोगाउने संकेत गर्यो । यद्दपि, विराटनगरले अनुशासित बलिङ गर्न सकेन ।

त्यसको फाइदा उठाउँदै जनकपुरका लाहिरू मिलन्था र हर्ष ठाकरले दोस्रो विकेटका लागि ११६ रनको अविजित साझेदारी गर्दै २७बल अगावै जित सुरक्षित गराए । लाहिरू ७५ रन र ठाकर २९ रनमा अविजित रहे । अमेरिकन खेलाडी लाहिरूले ५३ बलमा ९ चौका र तीन छक्का प्रहार गरे । ठाकरको इनिङमा दुई चौका मात्र रह्यो । विराटनगरका कुनै पनि बलर किफायती बलिङ गर्न सकेनन् । तिब्र गतिका बलर क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए पनि महककंगा साबित भए । सोलेल तीन ओभरमा ३१ रन खर्चिंदा कप्तान सन्दीपले चार ओभरमा बिना विकेट ३० रन खर्चिए । विराटनगरले सात बलर प्रयोग गरे पनि प्रभावकारी बन्न सकेन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पनि ओपनर लोकेश बमलाई ५ रनमा नै गुमायो । दोस्रो ओभरमा नै स्पिनर ललित राजवंशीले उनलाई बोल्ड गरे । त्यसपछि न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले एक छेउबाट इनिङ समाले । तर उनले राम्रो साथ पाउन सकेन ।

दोस्रो विकेटका लागि गप्टिल र एकिब इलियासले ४७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । ८.२ ओभरमा इलियास १५ रनमा आउट भए । मोहम्मद मोसिनले उनलाई एलबिडब्लु शिकार बनाए । त्यसपछि गप्टिलले साथ पाउन सकेनन् र विराटनगरले अर्को छेउबाट एकपि अर्को विकेट गुमाउन पुग्यो । १२ औं ओभरमा निकोलस किर्तन ९ रनमा आउट भए ।

त्यसपछि हर्ष ठाकरले १४औं ओभरमा गप्टिललाई ५५ रनमा आउट गर्दै ठूलो सफला दिलाए । उनले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे । यससककंगै विराटनगर १३.६ओभरमा ९६÷४ को अवस्थामा थियो । त्यसपछि विराटनगरले थप ३१ रन बटुल्दै बांकी ६ विकेट गुमाएपछि सामान्य योगफलमा नै समेटियो । बसिर अहमद ७ रन, राजेश पुलामी १ रन, प्रतिश जिसी २ रन, सन्दीप लामिछाने ७ रन, जितेन्द्र मुखिया शुन्यमा र क्रिस सोल ४ रनमा आउट भए ।

जनकपुर बोल्ट्सको बलिङमा ललित राजवंशीले तीन विकेट, हर्ष र किशोर महतोले समान दुई तथा बेन माइक र मोसिनले समान एक विकेट लिए ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?