Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताएका छन् । उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्दै नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको शुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरु, मोहनविक्रम सिंह जस्ता योद्धाहरु जसले सबै चुनौतिहरुको सामना गर्दै आउनुभएको छ । अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो । झन्डै झन्दै कम्युनिष्ट आन्दोलनहरु सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ । तरपनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरुभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलवी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिध्याने पनि छन् । चुनौतिको सामना गर्ने हो ।’

अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?