Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताएका छन् । उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्दै नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको शुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरु, मोहनविक्रम सिंह जस्ता योद्धाहरु जसले सबै चुनौतिहरुको सामना गर्दै आउनुभएको छ । अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो । झन्डै झन्दै कम्युनिष्ट आन्दोलनहरु सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ । तरपनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरुभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलवी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिध्याने पनि छन् । चुनौतिको सामना गर्ने हो ।’

अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?