Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा सरकारले लिने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारपछि अर्थतन्त्रमा आएका समस्याहरुको जिम्मा सरकारले लिने बताएका छन् । उनले काँग्रेस—एमाले नेतृत्वको सरकार आएपछिका अर्थतन्त्रमा गरिएका सकारात्मक पहलको जस अहिलेको सरकारलाई नचाहिने बताउदै उनले आफूहरुले गम्भीर समस्याहरुको चाङ प्राप्त गरेको र अहिले सकारात्मकतातिर अघि बढिरहेको बताए । उनले अर्थतन्त्र सुधारका कामलाई तिब्र पारिएको बताएका छन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु बनेपछि अर्थतन्त्रमा समस्याहरु थपिएका छन् भने थपिएको समस्यको जिम्मा मैले लिन्छु, यो सरकारले लिन्छ । यदी समस्या समाधान गर्नका लागि केही प्रयासहरु भएका छन् भने त्यसको जस यो सरकारलाई चाहिँदैन । हामीले अत्यन्त गम्भीर समस्याहरुको चाङ प्राप्त गरेका थियौँ । केही समस्या तपाईंहरुको सुझावका आधारमा समाधान गर्ने प्रयास गरेका छौँ । मेरो बुझाईमा केही सकारात्मक संकेतहरु देखापरेका छन् । सुधारका काम भएका छन् । सुधारको क्रमलाई तिब्र पार्ने सरकारको संकल्प छ । यो संसदले पनि स्थिर सरकार दिन सकेन । तपाईं हामीले भोगेको यथार्थ हो । अस्थिरताको चक्रबाट गुज्रिँदै जाँदा यो संसदभित्र बन्नसक्ने तुलनात्मक स्थिर सरकार बनाऔँ । त्यो सरकारले नीतिगत स्थिरता र स्थायित्व दिओस् न त । उत्पादनका विविध क्षेत्रहरुमा जुन प्रकारले मनोबल टुटेको छ । त्यो टुटेको मनोबल उठाउने कोशिस गरौँ भन्ने सोचका साथ यो सरकार बनेको हो । यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।’

उपप्रधानमन्त्री पौडेलले सरकारको ध्यान कसरी उत्पादन बढाउने, कसरी समस्याको समाधान गर्ने भन्नेमा रहेको र राजश्वको दायरा बिस्तार गर्ने कोशिस सरकारको रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?