Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा सरकारले लिने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारपछि अर्थतन्त्रमा आएका समस्याहरुको जिम्मा सरकारले लिने बताएका छन् । उनले काँग्रेस—एमाले नेतृत्वको सरकार आएपछिका अर्थतन्त्रमा गरिएका सकारात्मक पहलको जस अहिलेको सरकारलाई नचाहिने बताउदै उनले आफूहरुले गम्भीर समस्याहरुको चाङ प्राप्त गरेको र अहिले सकारात्मकतातिर अघि बढिरहेको बताए । उनले अर्थतन्त्र सुधारका कामलाई तिब्र पारिएको बताएका छन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु बनेपछि अर्थतन्त्रमा समस्याहरु थपिएका छन् भने थपिएको समस्यको जिम्मा मैले लिन्छु, यो सरकारले लिन्छ । यदी समस्या समाधान गर्नका लागि केही प्रयासहरु भएका छन् भने त्यसको जस यो सरकारलाई चाहिँदैन । हामीले अत्यन्त गम्भीर समस्याहरुको चाङ प्राप्त गरेका थियौँ । केही समस्या तपाईंहरुको सुझावका आधारमा समाधान गर्ने प्रयास गरेका छौँ । मेरो बुझाईमा केही सकारात्मक संकेतहरु देखापरेका छन् । सुधारका काम भएका छन् । सुधारको क्रमलाई तिब्र पार्ने सरकारको संकल्प छ । यो संसदले पनि स्थिर सरकार दिन सकेन । तपाईं हामीले भोगेको यथार्थ हो । अस्थिरताको चक्रबाट गुज्रिँदै जाँदा यो संसदभित्र बन्नसक्ने तुलनात्मक स्थिर सरकार बनाऔँ । त्यो सरकारले नीतिगत स्थिरता र स्थायित्व दिओस् न त । उत्पादनका विविध क्षेत्रहरुमा जुन प्रकारले मनोबल टुटेको छ । त्यो टुटेको मनोबल उठाउने कोशिस गरौँ भन्ने सोचका साथ यो सरकार बनेको हो । यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।’

उपप्रधानमन्त्री पौडेलले सरकारको ध्यान कसरी उत्पादन बढाउने, कसरी समस्याको समाधान गर्ने भन्नेमा रहेको र राजश्वको दायरा बिस्तार गर्ने कोशिस सरकारको रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?