काठमाडाैं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो । भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भएपनि छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम
काठमाडाैं । वरिष्ठ अधिवक्ता गान्धि पण्डितले नेपालको संविधान र प्रतिनिधि सभा नियमावली–२०७९ को व्यवस्थाले रवि लामिछानेलाई प्रतिनिधि सभाको बैठक जान नरोकेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेलाई बैठकमा भाग लिन जानबाट रोक्ने अधिकार कसैलाई पनि नरहेको बताएका
काभ्रे । काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम यहाँको पाँच स्थानीय पालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएका छन् ।बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालु आर्थिक बर्षबाट पाँच बर्षका लागि काभ्रेपलाञ्चोकको पाँच तहको पाँच वडामा उक्त कार्यक्रम कार्यान्वयन
सत्य राम कासिछ्वा,भक्तपुर । भक्तपर नगरपालिका शिक्षा शाखाको आयोजनामा भक्तपुर नगरपालिकाको सभाकक्षमा स्थानीय पाठ्यक्रम ख्वपको पहिचान परिमार्जनका लागि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुबीच परामर्श तथा कार्यशाला गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तहका विद्यार्थीहरुको सोच र चिन्तनमा सकारात्मक विकास हुने भएकोले स्थानीयता र
काठमाडाैं । बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको आरोपमा फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई खसीको मासु भनेर बाख्राको मासु बेचिरहेको सूचनापछि प्रहरीको टोलीले पक्राउ गरी जाँच गर्दा, उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको पाइएको छ।
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपामला शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि
काठमाडौँ । राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका सरकारलाई पत्राचार गरी १६ औँ योजनामा उल्लेखित हरित तथा जलवायुमैत्री विकासको लक्ष्य हासिल गर्न सबै नीति, रणनीति र बजेटलाई जलवायु
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित