Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन् ।

प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गरेका छन् ।

उनले भने, ‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस गर्यौं। के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथरि भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम गर्यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रुपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पुर्याउने काम गर्यो । प्रश्रितजीसँग हामीले बहस ग¥यौं । त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषांकमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपी नेपालका राजनीतिक नेताहरुले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमीबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौं । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौं । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’

उनले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भुमिका पनि स्मरण गरेका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?