Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन् ।

प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गरेका छन् ।

उनले भने, ‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस गर्यौं। के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथरि भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम गर्यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रुपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पुर्याउने काम गर्यो । प्रश्रितजीसँग हामीले बहस ग¥यौं । त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषांकमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपी नेपालका राजनीतिक नेताहरुले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमीबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौं । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौं । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’

उनले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भुमिका पनि स्मरण गरेका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?