Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा


पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति आफूहरूलाई खट्किएको बताएका छन् ।

बुधवार खुलामञ्चमा महाधिवेशनको बन्दसत्र समारोहलाई समापन गर्दै सभापति थापाले पूर्वसभापति देउवा अनुपस्थित हुँदा आफूहरुलाई नमिठो लागेको बताएका छन् । उनले निःवर्तमान सभापति देउवाले लामो समय पार्टीका लागि संघर्ष तथा योगदान गरेको उल्लेख समेत गरेका छन् । उन ले महाधिवेशनभन्दा बाहिर रहेका समेत साथमै लिएर अघि बढ्ने आफूहरुको इच्छा रहेको पनि बताएका छन् ।

उनले भने, ‘म यहाँ नआउनुभएका नेताहरुलाई पनि आग्रह गर्न चाहन्छु, महाधिवेशनको मञ्चबाट आग्रह छ, यो पार्टी तपाईं, हामी सबै मिलेर बनाएको पार्टी हो । श्रदेय पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा यति लामो संघर्ष गर्नुभएको छ । यो पार्टी निर्माणमा यति ठूलो योगदान छ । त्यसैले हामीलाई मिठो लागेको छैन । पार्टीमा लामो समय योगदान दिएका नेताहरु पनि यहाँ भइदिएको भए भन्ने लागेको छ, भोलिको दिनमा पनि हामी उहाँहरुलाई सँगै लिएर जान चाहन्छौँ ।’

पार्टीमा विवादबारे सर्वोच्च अदालतको फैसला कुर्ने कुराले समयको बर्बादी मात्र गर्ने उनको भनाइ छ । पार्टीको राजनीतिक विषयमा पुनरावेदन गर्नुको सट्टा राजनीतिक रुपमै मिलाउनुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?