Trending
>>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता


काठमाडौं । काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । प्रचारप्रसार समितिकबा संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । उनले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । अबको केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् । उनले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि बिहीवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिएका छन् । महाधिवेशनमा सहभागी ७ हजार बढी प्रतिनिधिले पार्टीको अगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौंका ३ स्थानमा ७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले जानकारी दिएका छन् । राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको उनले जानकारी दिएका छन् । उनले भने, ‘आज महाधिवेशनको बन्दसत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रश्तुत गर्नुभएका प्रश्तावहरु पारित भएको छ । यसका अतिरिक्त अब हाम्रो पार्टी विशेष गरेर आगामी चार वर्षको लागि हिँड्ने राजमार्ग समेत ती प्रतिवेदनहरुले तय गरेका छन् । त्यसबाहेक निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशित गरिसकेको छ । अब मतदानमा जानुभन्दा अगाडि जति पनि इच्छुक उमेदवार साथीहरू हुनुहुन्थ्यो, लगभग ७७ सय प्रतिनिधिहरूको बिचमा ठुलो संख्यामा उमेदवारहरूले आफ्नो इच्छा जाहेर गर्नुभयो । त्यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । हजारौँको संख्यामा युवाहरु प्रतिस्पर्धामा आउनुभएको छ । पार्टीको जिम्मेवारीको बोझ आफ्नो काँधमा बोक्नको लागि युवा पुस्ता अब तयार भइसकेको सन्देश यसपटकको सहभागिताले स्पष्ट गरेको छ । केही साथिहरुले उम्मेदवारी फिर्ता लिनुभएको छ । पदाधिकारीमा विशेष गरेर सभापतिमा उमेदवार दिनुभएको किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको यसभन्दा अगाडि समाचार प्रकाशित भइसकेको छ । त्यसै गरेर उपसभापतिका उम्मेदवारमा मिलेन्द्र रिजाल म आफैँले पनि आफ्नो उम्मेदवारी सभापतिको आग्रहबमोजिम फिर्ता लिइसकेको अवस्था हो । यसका अतिरिक्त लगभग ४० जना उमेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । क्लस्टरमा १५ जना उमेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अबको केही समयमा अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । भोलि मतदान ९ बजेबाट निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । मतदानको कार्यक्रम खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी तीन ठाउँमा हुन्छ । विभिन्न क्षेत्रबाट आउनुभएका साथीहरू विशेष गरी प्रदेश र विदेशस्थित जनसम्पर्क समिति, शुभेच्छुक संस्थाहरू, भातृ संस्थाहरूबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका हिसाबले तीन ठाउँबाट मतदानको व्यवस्था मिलाएका हौँ ।’ उनले महाधिवेशनको उत्साह र उम्मेदवारीले नयाँ पुस्ता नेपाली काँग्रेसको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएको उनको भनाइ छ ।

काठमाडौं ।  नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । प्रचारप्रसार समितिकबा संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । उनले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । अबको केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् । उनले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि बिहीवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिएका छन् । महाधिवेशनमा सहभागी ७ हजार बढी प्रतिनिधिले पार्टीको अगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौंका ३ स्थानमा ७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले जानकारी दिएका छन् । राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘आज महाधिवेशनको बन्दसत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रश्तुत गर्नुभएका प्रश्तावहरु पारित भएको छ । यसका अतिरिक्त अब हाम्रो पार्टी विशेष गरेर आगामी चार वर्षको लागि हिँड्ने राजमार्ग समेत ती प्रतिवेदनहरुले तय गरेका छन् । त्यसबाहेक निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशित गरिसकेको छ । अब मतदानमा जानुभन्दा अगाडि जति पनि इच्छुक उमेदवार साथीहरू हुनुहुन्थ्यो, लगभग ७७ सय प्रतिनिधिहरूको बिचमा ठुलो संख्यामा उमेदवारहरूले आफ्नो इच्छा जाहेर गर्नुभयो । त्यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । हजारौँको संख्यामा युवाहरु प्रतिस्पर्धामा आउनुभएको छ । पार्टीको जिम्मेवारीको बोझ आफ्नो काँधमा बोक्नको लागि युवा पुस्ता अब तयार भइसकेको सन्देश यसपटकको सहभागिताले स्पष्ट गरेको छ । केही साथिहरुले उम्मेदवारी फिर्ता लिनुभएको छ । पदाधिकारीमा विशेष गरेर सभापतिमा उमेदवार दिनुभएको किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको यसभन्दा अगाडि समाचार प्रकाशित भइसकेको छ । त्यसै गरेर उपसभापतिका उम्मेदवारमा मिलेन्द्र रिजाल म आफैँले पनि आफ्नो उम्मेदवारी सभापतिको आग्रहबमोजिम फिर्ता लिइसकेको अवस्था हो । यसका अतिरिक्त लगभग ४० जना उमेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । क्लस्टरमा १५ जना उमेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अबको केही समयमा अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ । भोलि मतदान ९ बजेबाट निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । मतदानको कार्यक्रम खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी तीन ठाउँमा हुन्छ । विभिन्न क्षेत्रबाट आउनुभएका साथीहरू विशेष गरी प्रदेश र विदेशस्थित जनसम्पर्क समिति, शुभेच्छुक संस्थाहरू, भातृ संस्थाहरूबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका हिसाबले तीन ठाउँबाट मतदानको व्यवस्था मिलाएका हौँ ।’

उनले महाधिवेशनको उत्साह र उम्मेदवारीले नयाँ पुस्ता नेपाली काँग्रेसको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?