Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताउदै कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको बताएका छन् । आजका अवस्थामा आफूहरुको निशाना को हो ? कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताएका छन् । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउदै साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘आजको प्रधान अन्तरबिरोध के हो ? त्यो कुरालाई सही ढंगले निक्र्यौल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका बिरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं नेपालमा ? यो कुरालाई स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरु बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ । एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरु प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काउ हुने कारणले समूहरु प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो । कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु खासगरी यतिबेला दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताउदै दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?