Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु


एजेन्सी। उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ ।

गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताएका छन्  प्यालेस्टिनी चिकित्सा स्रोतहरूले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए ।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा २ हजार ९ सय ८५ प्यालेस्टिनीहरू मारिएका छन् । ८ हजार १ सय ७३ जना घाइते भएका छन् ।

जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५३ हजार १ सय १९ पुगेको छ । १ लाख २० हजार २ सय १४ जना घाइते भएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?