Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको बताउदै उनले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । उनले विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताउदै सम्भव भएसम्म पार्टी एकता गरेर जानुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले भने, ‘सकेसम्म हामीले चाहनुपर्छ, सिंगै आन्दोलनलाई एकतावद्ध बनाउन । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छाँै । ०३२ सालदेखिलाग्दै आयौँ । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकतावद्ध बनाउँदै पनि गयौँ । कोही एकतावद्ध भए,कोही भएनन् । कोही एकतावद्ध भएर पनि बिचैमा छोडेर पनि गए । त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन । आफ्नो अडान ठिक छकी छैन, आफ्नो विचार ठिक छ की छैन ? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ । त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रुपमा अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?