Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले बिरुद्ध अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताएका छन् । एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको बताएका छन् । उनले एमालेले युवालाई सदुपयोग गर्ने पनि बताउदै सही बाटोमा अरुलाई ल्याउँछु तर गलत बाटोमा जान्न भन्ने दृढ संकल्प लिन जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्लाहरु चलाइरहेको बेलामा । एमाले बिरुद्ध यत्रा हमलाहरु भइरहेका बेला पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवा साथीहरु यसरी नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । यो तपाईंहरुको भिजिनरी संकल्प हो । नेपाल बनाउने भिजिनरी संकल्प हो ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक अधिकार र देशका लागि लड्ने पार्टी भएको बताउदै उत्ताउलो नभइ जिम्मेवार पार्टीको रुपमा एमालेले काम गरिरहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?