Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

समाचार


शेयर बजार साढे ५४ अङ्कले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं। शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो

भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् । २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भने । प्रधानमन्त्रीले भने, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण

बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड

जानकी,बाँके। नेपालगञ्जका हरित अभियानकर्मी हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । लेक्स फाउन्डेसनको आयोजनामा भारतको हरियाणामा सोमबार आयोजित दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा उनी सम्मानित भएका हुन् । त्यस्तै, हरित अभियानकर्मी हेमन्तलाई बिजेपीका विधानसभा सांसद मोहनलाल बडोलीले सम्मान गरेका थिए । योभन्दा पहिला पनि अन्तराष्ट्रिय अवार्डबाट काफ्ले सम्मानित भएका

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

डोटी। डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । उक्त जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।

कोशी प्रदेशमाथि पुलिस क्लबको उत्कृष्ट जित

काठमाडौं। सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ । उक्त प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले

विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ:मुख्यमन्त्री पाण्डे

वालिङ,स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद

सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ता बापत रु एक हजार दिने

चितवन। माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । उक्त नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ । सो नगरपालिकाका पशुपन्छी

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

चितवन। पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर

रुसी फौजमा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं। रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो । मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरूले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका बताइएको छ ।  जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । उक्त जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । त्यस्तै,

सम्वन्धित समाचारहरु