Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सरकारले गरेको प्रस्ताव नमान्ने भन्दै किसानले गरे भोलिदेखि आन्दोलनको घोषणा


काठमाडौं। भारत सरकार र किसानबीच भएको वार्ता निस्कर्षबिहीन बनेको छ। भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्।

पछिल्लो पटक १८ फेब्रुअरीमा किसानसँगको वार्ताको क्रममा सरकारले अन्नमा न्यूनतम समर्थन मूल्यलाई लिएर प्रस्ताव गरेको थियो। सरकारको प्रस्तावमा किसानलाई सरकारी एजेन्सीहरूसँग पाँच वर्षको करार गर्नुपर्ने उल्लेख थियो । जसलाई किसानहरूले अस्वीकार गरिदिएका छन्।

विगत ८ दिनदेखि आन्दोलनमा रहेका किसानहरू अहिले राजधानी दिल्लीसँग सिमाना जोडिएका हरियाणा-पञ्जाव शम्भू बोर्डरमा छन्। अन्नबालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) को सुनिश्चितताको माग, किसानको ऋण मिनाहा र ६० वर्षभन्दा बढी उमेर भएका किसानलाई पेन्सनको व्यवस्था लगायतका माग राखी किसानहरू आन्दोलनमा छन्।

किसानहरूलाई दिल्ली प्रवेश गर्न नदिन विभिन्न सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने हालसम्म प्रहरीको गोली लागि १ जना किसानको मृत्यु भएको छ भने ७५ जनाभन्दा बढी घाइते भएका छन्।

त्यसैगरी, किसानहरू समक्ष गरिएको प्रस्तावमा किसानलाई एउटा सम्झौताको प्रस्ताव गरिएको थियो। जस अनुसार सरकारी एजेन्सी किसानसँग न्यूनतम समर्थन मूल्यमा पाँच वर्षसम्म दाल, कपास र मकै खरिद गर्ने उल्लेख थियो, तर किसानहरूले आफ्नो पुरानै माग कायम रहेको र सरकारको प्रस्ताव नमान्ने बताएको छ।

सरकारले गरेको प्रस्तावको विषयमा निर्णय लिन किसानहरूले एक दिनको समय मागेका थिए। जसमा सरकारले गरेको प्रस्ताव अस्वीकार गरेका आन्दोलनरत किसानहरूले भोलि दिल्ली तर्फ अघि बढ्ने बताएका छन्।

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?