Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् ।

मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताएका छन् । उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाएका छन् । उनले बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्न नसक्नेमा स्पष्ट हुन आग्रह गर्दै यस किसिमका भ्रमको पछि नलाग्न पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ । बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन । एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ । कानून बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने । क्याबिनेटले पास गरेर संसदमा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ । यो भइसक्यो, आइसकेको छ । कुनै हालतमा मान्दैनौँ भन्नुभयो । मैले भने यस्तो कुनै हालतमा हुँदैन भने । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

प्रधानमन्त्री ओलीले डेमोक्रेटिक रिपब्लिकमा प्रतिगमन हुन नसक्ने बताएका छन् । कानून, संहीता, ऐनमा प्रतिगमन नहुने प्रतिवद्धता जनाउदै उनले सरकारले प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा नपठाउने पनि स्पष्ट पनि पारेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?