Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् ।

मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताएका छन् । उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाएका छन् । उनले बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्न नसक्नेमा स्पष्ट हुन आग्रह गर्दै यस किसिमका भ्रमको पछि नलाग्न पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ । बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन । एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ । कानून बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने । क्याबिनेटले पास गरेर संसदमा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ । यो भइसक्यो, आइसकेको छ । कुनै हालतमा मान्दैनौँ भन्नुभयो । मैले भने यस्तो कुनै हालतमा हुँदैन भने । यस्तो हल्लाका पछि नलाग्नुस् ।’

प्रधानमन्त्री ओलीले डेमोक्रेटिक रिपब्लिकमा प्रतिगमन हुन नसक्ने बताएका छन् । कानून, संहीता, ऐनमा प्रतिगमन नहुने प्रतिवद्धता जनाउदै उनले सरकारले प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा नपठाउने पनि स्पष्ट पनि पारेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?