Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन्


काठमाडौँ। देशभरका ५९ वटा स्थानीय तहरुले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानिय तहहरुले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन् । आईतवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानिय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिएका छन् । बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानिय तहहरु रहेका छन् । बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानिय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट ल्याउन सहजीकरण गरिएको समेत उहाँले जानकारी दिएका छन् । तीमध्ये ७ वटा स्थानिय तहले चालू आर्थिक वर्षको लागी बजेट ल्याएको जानकारी गराएको र बाँकी स्थानिय तहले भदौ १० भित्र गाउँ/नगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेको जानकारी आएको उनले बताएका छन् ।

उनले भने, ‘हामीले संकलन गरेको तथ्याङ्क अनुसार चाहीँ ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन नसकेको पाईएकोमा त्यो मध्ये ३२ वटा स्थानिय तहहरु चाँही मधेश प्रदेशमा मात्रै रहेको पाइयो । त्यही भएर हामी शुरुमा चाहीँ मधेस प्रदेशका चार वटा जिल्लाहरु बारा, पर्सा, रौतहत र सर्लाहीका १५ वटा स्थानिय तहहरुमा हामी फिल्डमा नै गयौँ । त्यहाँ सबै मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई नै राखेर हाम्रै उपस्थितिमा बैठक नै गराएर सहमति गराएर निश्चित समयसिमा नै तोकेर बजेट ल्याउने प्रतिवद्धता गराएर हामी आयौँ । १५ वटामध्ये ७ वटा स्थानीय तहको बजेट नै आईसकेको छ । बाँकीको पनि ढिलोमा भदौ १० गतेसम्म बजेट आउने देखिएको छ । साथै बाँकी जिल्लाहरुको पनि हामी डाटा संकलन गरिरहेका छौँ । धेरैले मिति तोकेर बजेट ल्याउनको लागि सभाको आवह्वान गरिसक्नुभएको छ ।’

पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले एक महिनामा गरेका ९ वटा क्षेत्रका नीतिगत सुधारका बारेमा जानकारी गराइएको थियो ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?