Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सडक तथा पुल निर्माणमा दीर्घकालीन दृष्टिकोणको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै सचेतक डाँगीले प्रत्येक वर्ष बाढी–पहिरोका कारण सडक र पुल बग्ने गरेको भएपनि सरकारको काम तथ्यांकलन गर्ने मात्रै भएको भन्दै ध्यानाकर्षण गराएकी छिन् । उनले लगत संकलन र पुनःनिर्माण गर्न लाग्ने लगतको मात्र नभई पूर्वाधार पुनःनिर्माणका लागि दीर्घकालिन योजना बनाउन जरुरी रहेको बताएकी छिन् । उनले जलवायूमैत्री संरचना बनाउनतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘हरेक वर्ष पुल र सडक बगाउँछ । मन्त्रालयको ध्यान कतातिर हुन्छ भने यतिवटा पुल बगायो । यतिवटा सडक बगायो । र अब यसको पुनःनिर्माण गर्नको लागि यति जति लागत हुन्छ भन्नेतर्फ ध्यान गएको हामीले पाएका छौं । तल जलवायूमैत्री सडक र पुल निर्माण गर्नको लागि कसरी काम गर्नुपर्छ भन्नेतर्फ ध्यान दिएको पाइँदैन । सडक सुरक्षाको अल्पकालिन योजनाहरु कहिलेसम्म बनाउने ? सडक सुरक्षाको दीर्घकालिन योजनाको साथ मन्त्रालयले कहिलेदेखि काम थाल्छ ? यसको जवाफ दिनुहोला । अर्को कुरा सडक सुरक्षा ऐन यो अधिवेशनमा सदनमा पेस गर्न सकिने अवस्था छ कि छैन ?’

उनले सडक सुरक्षाका दीर्घकालीन योजनामा सरकार उदासीन रहेको आरोप लगाउँदै सडक सुरक्षा ऐन यसै अधिवेशनमा संसदमा हुन्छ कि हुँदैन ? भन्दै प्रश्न समेत गरेकी छिन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?