Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सडक तथा पुल निर्माणमा दीर्घकालीन दृष्टिकोणको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै सचेतक डाँगीले प्रत्येक वर्ष बाढी–पहिरोका कारण सडक र पुल बग्ने गरेको भएपनि सरकारको काम तथ्यांकलन गर्ने मात्रै भएको भन्दै ध्यानाकर्षण गराएकी छिन् । उनले लगत संकलन र पुनःनिर्माण गर्न लाग्ने लगतको मात्र नभई पूर्वाधार पुनःनिर्माणका लागि दीर्घकालिन योजना बनाउन जरुरी रहेको बताएकी छिन् । उनले जलवायूमैत्री संरचना बनाउनतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘हरेक वर्ष पुल र सडक बगाउँछ । मन्त्रालयको ध्यान कतातिर हुन्छ भने यतिवटा पुल बगायो । यतिवटा सडक बगायो । र अब यसको पुनःनिर्माण गर्नको लागि यति जति लागत हुन्छ भन्नेतर्फ ध्यान गएको हामीले पाएका छौं । तल जलवायूमैत्री सडक र पुल निर्माण गर्नको लागि कसरी काम गर्नुपर्छ भन्नेतर्फ ध्यान दिएको पाइँदैन । सडक सुरक्षाको अल्पकालिन योजनाहरु कहिलेसम्म बनाउने ? सडक सुरक्षाको दीर्घकालिन योजनाको साथ मन्त्रालयले कहिलेदेखि काम थाल्छ ? यसको जवाफ दिनुहोला । अर्को कुरा सडक सुरक्षा ऐन यो अधिवेशनमा सदनमा पेस गर्न सकिने अवस्था छ कि छैन ?’

उनले सडक सुरक्षाका दीर्घकालीन योजनामा सरकार उदासीन रहेको आरोप लगाउँदै सडक सुरक्षा ऐन यसै अधिवेशनमा संसदमा हुन्छ कि हुँदैन ? भन्दै प्रश्न समेत गरेकी छिन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?