Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छिन् ।

जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाएकी छिन् । उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन् । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाई गरिरहेको उल्लेख गरेकी छिन् । यस्तै शिक्षा विद्येयक पनि अड्काएर राखेको उनको आरोप छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ ।

उनले भनिन्, ‘सरकारका एकपछि अर्को कदमहरु सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिसोध साँध्ने, जनविरोधी कानुनहरु ल्याउने । यहाँहरुले सुन्नुभएको छ, भुमीसम्बन्धी विद्येययको । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाई गरिरहेको छ । संघियताको अर्को महत्वपूर्ण शिक्षा विद्येयक त्यो अड्काएको अड्काई छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन ।’

उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिएकी छिन् । एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाई छ । यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उनले बताइन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?