Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ


काठमाडौँ। नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

साफ महिला यु–१७ च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ । आईतवार भएको बिदाइ कार्यक्रममा नेपाली यु–१७ महिला टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मिहिनत गरेकाले उपाधि जित्न विश्वास व्यक्त गरेका छन् । खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मिहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन् ।

च्याम्पियनसिप आर्टिफिसियल टर्पmमा हुने भएकाले नेपाली टोलीले पनि टर्पmमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन् । यस च्याम्पियनसिपका प्रतिष्पर्धी राष्ट्र भुटान, भारत र बंगलादेश धेरै राम्रो रहेको उनले उल्लेख गरे । साथै आफूहरू पनि उनीहरूलाई पराजित गर्ने उद्देश्यसहित खेल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ । उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन् । अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन् । साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन् ।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएको कुरामा खेलाडीले पनि धेरै मिहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतवार एक कार्यक्रम आयोजना गर्दै भूटान जाने नेपाली टोलीको बिदाइ गरेको थियो । टोली सोमाबार भुटान जाँदै छ । यस च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् । सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिष्पर्धा गर्नेछ । एन्फाले यसअघि नै २३ सदस्यीय टोलीका सार्वजनिक गरिसकेको छ ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?