Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ


काठमाडौँ। नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

साफ महिला यु–१७ च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ । आईतवार भएको बिदाइ कार्यक्रममा नेपाली यु–१७ महिला टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मिहिनत गरेकाले उपाधि जित्न विश्वास व्यक्त गरेका छन् । खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मिहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन् ।

च्याम्पियनसिप आर्टिफिसियल टर्पmमा हुने भएकाले नेपाली टोलीले पनि टर्पmमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन् । यस च्याम्पियनसिपका प्रतिष्पर्धी राष्ट्र भुटान, भारत र बंगलादेश धेरै राम्रो रहेको उनले उल्लेख गरे । साथै आफूहरू पनि उनीहरूलाई पराजित गर्ने उद्देश्यसहित खेल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ । उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन् । अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन् । साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन् ।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएको कुरामा खेलाडीले पनि धेरै मिहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतवार एक कार्यक्रम आयोजना गर्दै भूटान जाने नेपाली टोलीको बिदाइ गरेको थियो । टोली सोमाबार भुटान जाँदै छ । यस च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् । सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिष्पर्धा गर्नेछ । एन्फाले यसअघि नै २३ सदस्यीय टोलीका सार्वजनिक गरिसकेको छ ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?