Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जनकपुरमा १० फागुनदेखि साहित्य महोत्सव हुने


काठमाडौं। जनकपुरधाममा १० फागुनदेखि तीन दिवसीय साहित्य महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा राममन्दिरको प्रांगणमा १० देखि १२ फागुनसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुनेछ ।

उक्त आयोजकले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ वटा प्रवचन समेटिएको जनाएको छ । ‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘सांस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताएका छन् ।

उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुनेछ भने विगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?