Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जनकपुरमा १० फागुनदेखि साहित्य महोत्सव हुने


काठमाडौं। जनकपुरधाममा १० फागुनदेखि तीन दिवसीय साहित्य महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा राममन्दिरको प्रांगणमा १० देखि १२ फागुनसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुनेछ ।

उक्त आयोजकले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ वटा प्रवचन समेटिएको जनाएको छ । ‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘सांस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताएका छन् ।

उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुनेछ भने विगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?