Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

प्रयोगहिन जस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्छ: महामन्त्री शर्मा


गोदावरी ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कुटनैतीक संवाद गरेर प्रयोगहिन जस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् ।

उक्त पार्टीको जारी महासमिति बैठकमा समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । त्यस्तै, अर्बौंको ऋण लिएर बनाइएका पोखरा विमानस्थल र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा आर्थिक भारमा मुलुक फसेको उनको तर्क रहेको छ ।

“अर्बौंको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहिन अवस्थामा छन् । मुलुककको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि विलकुलै सुखद छैन,” महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, “यस्तो समयमा बलियो राजनीतिक र कुटनैतीक इच्छाशक्ति अपेक्षित छ । उत्तर र दक्षिणका दुबै मित्र राष्ट्रसँग हामीले सार्थक व्यवसायीक संवाद गर्न सकौं ।”

उक्त प्रतिवेदन मार्फत उनले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भुमिकामाथी प्रश्न उठाएका छन् । उनले पार्टीबाट सहभागि केही मन्त्रीले सरकारमा गएर ‘विलकुलै’ प्रभावकारी भुमिका खेल्न नसकेको समेत बताएका छन् । त्यस्तै, तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिने काम महासमिति बैठकले गर्नुपर्ने लेखेका छन् ।

“जनअपेक्षा अनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यर्थाथ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ, तर केही मन्त्रीको भुमिका मन्त्तीका रूपमा प्रभावकारी विलकुलै देखिएको छैन,” प्रतिवेदनमा शर्माले लेखेका छन् ।

उनले भ्रष्टचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धतीको स्थापनको संकल्पमा कांग्रेस लाग्नुपर्ने प्रतिवेदनमा औल्याउदै महासमिति बैठकले १५ वर्षे नीति विधि र थितीको जग बसाल्ने आधार तयार पार्नुपर्ने समेत उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?