Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रयोगहिन जस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्छ: महामन्त्री शर्मा


गोदावरी ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कुटनैतीक संवाद गरेर प्रयोगहिन जस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् ।

उक्त पार्टीको जारी महासमिति बैठकमा समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । त्यस्तै, अर्बौंको ऋण लिएर बनाइएका पोखरा विमानस्थल र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा आर्थिक भारमा मुलुक फसेको उनको तर्क रहेको छ ।

“अर्बौंको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहिन अवस्थामा छन् । मुलुककको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि विलकुलै सुखद छैन,” महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, “यस्तो समयमा बलियो राजनीतिक र कुटनैतीक इच्छाशक्ति अपेक्षित छ । उत्तर र दक्षिणका दुबै मित्र राष्ट्रसँग हामीले सार्थक व्यवसायीक संवाद गर्न सकौं ।”

उक्त प्रतिवेदन मार्फत उनले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भुमिकामाथी प्रश्न उठाएका छन् । उनले पार्टीबाट सहभागि केही मन्त्रीले सरकारमा गएर ‘विलकुलै’ प्रभावकारी भुमिका खेल्न नसकेको समेत बताएका छन् । त्यस्तै, तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिहरूलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिने काम महासमिति बैठकले गर्नुपर्ने लेखेका छन् ।

“जनअपेक्षा अनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यर्थाथ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ, तर केही मन्त्रीको भुमिका मन्त्तीका रूपमा प्रभावकारी विलकुलै देखिएको छैन,” प्रतिवेदनमा शर्माले लेखेका छन् ।

उनले भ्रष्टचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धतीको स्थापनको संकल्पमा कांग्रेस लाग्नुपर्ने प्रतिवेदनमा औल्याउदै महासमिति बैठकले १५ वर्षे नीति विधि र थितीको जग बसाल्ने आधार तयार पार्नुपर्ने समेत उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?