Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध


काठमाडौं। फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएको खबर बाहिरिएको छ । सन् २०१८ बाट फ्रान्सको पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका एम्बाप्पे आउँदो सिजनबाट स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएको चर्चित पत्रिका द मिररले जनाएको छ ।

त्यसैगरी, २५ वर्षीय स्टार एम्बाप्पे आफ्नो ड्रीम क्लब म्याड्रिडमा जाने सम्झौता भए पनि कति रकममा सम्झौता भएको हालसम्म खुलासा भएको छैन । एमबाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेको द मिररले जनाएको छ ।

एम्बाप्पेले पीएसजीको लागि हालसम्म २९० खेलमा २४३ गोल गरेका छन् भने फ्रान्सले सन् २०१८ मा विश्वकप फुटबलको उपाधि जित्दा एम्बाप्पे महत्त्वपूर्ण खेलाडी थिए । एम्बाप्पे हाल फ्रान्स फुटबलका कप्तान समेत हुन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?