Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध


काठमाडौं। फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएको खबर बाहिरिएको छ । सन् २०१८ बाट फ्रान्सको पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका एम्बाप्पे आउँदो सिजनबाट स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएको चर्चित पत्रिका द मिररले जनाएको छ ।

त्यसैगरी, २५ वर्षीय स्टार एम्बाप्पे आफ्नो ड्रीम क्लब म्याड्रिडमा जाने सम्झौता भए पनि कति रकममा सम्झौता भएको हालसम्म खुलासा भएको छैन । एमबाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेको द मिररले जनाएको छ ।

एम्बाप्पेले पीएसजीको लागि हालसम्म २९० खेलमा २४३ गोल गरेका छन् भने फ्रान्सले सन् २०१८ मा विश्वकप फुटबलको उपाधि जित्दा एम्बाप्पे महत्त्वपूर्ण खेलाडी थिए । एम्बाप्पे हाल फ्रान्स फुटबलका कप्तान समेत हुन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?