Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक नागरिक भारतीय पक्राउ


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्राम सहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।
उनले भने, “विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई आज आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ ।”

त्यस्तै, दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताएका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?