Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ताप्लेजुङमा धुपीपात सङ्कलन घट्दो


फुङ्लिङ। पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो ।

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन भएको छ भने हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ । चालु आर्थिक वर्षमा १७ हजार पाँच सय किलोग्राम धुपी सङ्कलन हुँदा प्रतिकेजी रु दुईका दरले रु ३५ हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

गत वर्ष २२ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन हुँदा रु ४५ हजार राजस्व जम्मा भएको थियो भने आ.व २०७८÷७९ मा ३५ हजार केजी धुपीपात सङ्कलन भएको र सो बापत रु ७० हजार राजस्व सङ्कलन भएको थियो । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिका लागि प्रयोग हुने तेल निकालेर राम्रो मूल्यमा बिक्री गरिन्छ ।

समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ भने फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा रहेको छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको त्यसका सञ्चालक पेमा शेर्पाले बताए ।

राष्ट्रिय वनमा सङ्कलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरिद गर्दै आएको मिक्वाखोला गाउँपालिका–५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए । हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने उहानको भनाइ रहेको थियोे । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु एक सय ६० का दरले धुपीपात खरिद बिक्री हुने व्यापारी शेर्पाले बताएका छन् ।

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?