Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


तातोपानी नाकामा चहलपहल बढ्यो

चौतारा, सिन्धुपाल्चोक । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको

एसियाडको करातेमा नेपाल पहिलो दिन निराश

हान्झाउ ।  १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन । पहिलो दिन कातातर्फ दुई र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र

डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने

काठमाडौं । डाक्टर चिकित्सक बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता

मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु

खलङ्गा, दार्चुला । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

काठमाडौं । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काभ्रेका ३९ वर्षीय चौलागाईंलाई मंगलबार नै पक्रउ गरेको हो । चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण

काठमाडौं ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक वितरण

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ । जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए । “जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने

ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

काठमाडौं ।  प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल

सम्वन्धित समाचारहरु