Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी


काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै नाम आइरहेको छ’, स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै ऐरीले भने । मैदान प्रवेश गर्दा रेकर्ड बन्छ भन्ने सोच नराखे पनि लगातार ६ छक्का हानेपछि भने विश्व रेकर्डको सोच दिमागमा आएको उनले बताए ।

उनले विश्व रेकर्ड बनाउँदा टिमका सबैजना निकै खुसी रहेको र ड्रेसिङ रुमको माहोल पनि निकै सकरात्मक रहेको बताए । ‘मैले रेकर्ड बनाउँदा सबैजना खुसी थिए । अहिले टिम पनि एकजुट भएर खेलिरहेको छ । सबैले बधाई दिइरहेका थिए’, उनले भने । भारतविरुद्धको खेलमा भने आफूले कसरी २०३ रनको लक्ष्य भेट्ने भनेर मात्र सोचेको बताए । ‘त्यो बेला रन कसरी चेज गर्ने भन्ने मात्रै दिमागमा थियो । एक ओभरबाट कति रन बनिरहेको छ । सल्लाह गरेर खेलिरहेका थियौं’, १५ बलमा ३२ रन बनाएका उनले भने ।

उनले भारतका शिवम् दुवेलाई १४औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेका थिए । तर पनि नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । पछिल्लो समय क्यानडामा ग्लोबल टी–२० खेलेर आएका उनले त्यो प्रतियोगिताको अनुभवले पनि हाल निकै सहयोग गरिरहेको बताए । ‘क्यानडामा राम्रो टिम र खेलाडीहरुसँग सिक्ने मौका पाएँ । त्यहि अहिले लागु गरिरहेको छु ।’ नेपाली टिमले घरेलु मैदानमा नै कात्तिक ११ गतेबाट टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्दैछ । पहिलो खेलमा मंगोलियाविरुद्ध ५२ रनमा अविजित रहेका दिपेन्द्रले दोस्रो खेलमामाल्दिभ्स विरुद्ध ९ र तेस्रो खेलमा भारतविरुद्ध ३२ रन बनाएका थिए ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?