Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी


काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै नाम आइरहेको छ’, स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै ऐरीले भने । मैदान प्रवेश गर्दा रेकर्ड बन्छ भन्ने सोच नराखे पनि लगातार ६ छक्का हानेपछि भने विश्व रेकर्डको सोच दिमागमा आएको उनले बताए ।

उनले विश्व रेकर्ड बनाउँदा टिमका सबैजना निकै खुसी रहेको र ड्रेसिङ रुमको माहोल पनि निकै सकरात्मक रहेको बताए । ‘मैले रेकर्ड बनाउँदा सबैजना खुसी थिए । अहिले टिम पनि एकजुट भएर खेलिरहेको छ । सबैले बधाई दिइरहेका थिए’, उनले भने । भारतविरुद्धको खेलमा भने आफूले कसरी २०३ रनको लक्ष्य भेट्ने भनेर मात्र सोचेको बताए । ‘त्यो बेला रन कसरी चेज गर्ने भन्ने मात्रै दिमागमा थियो । एक ओभरबाट कति रन बनिरहेको छ । सल्लाह गरेर खेलिरहेका थियौं’, १५ बलमा ३२ रन बनाएका उनले भने ।

उनले भारतका शिवम् दुवेलाई १४औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेका थिए । तर पनि नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । पछिल्लो समय क्यानडामा ग्लोबल टी–२० खेलेर आएका उनले त्यो प्रतियोगिताको अनुभवले पनि हाल निकै सहयोग गरिरहेको बताए । ‘क्यानडामा राम्रो टिम र खेलाडीहरुसँग सिक्ने मौका पाएँ । त्यहि अहिले लागु गरिरहेको छु ।’ नेपाली टिमले घरेलु मैदानमा नै कात्तिक ११ गतेबाट टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्दैछ । पहिलो खेलमा मंगोलियाविरुद्ध ५२ रनमा अविजित रहेका दिपेन्द्रले दोस्रो खेलमामाल्दिभ्स विरुद्ध ९ र तेस्रो खेलमा भारतविरुद्ध ३२ रन बनाएका थिए ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?