Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने


काठमाडौं । डाक्टर चिकित्सक बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए । डा. अधिकारीका अनुसार अबदेखि एमबीबीएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन ।

‘अहिलेसम्म हामीले लिखित परीक्षा मात्रै लिँदै आएका थियौं’ डा. अधिकारीले भने, ‘अब एमबीबीएसपछि इन्टर्नसीपमा ६ महिना बिताएको विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।’ उनका अनुसार ज्ञान र सीप परीक्षणबाट लाइसेन्स परीक्षा गर्दा थप गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ । ‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’

प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ । उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् । ‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नत्र पाउँदैन’ रजिष्ट्रार डा.अधिकारीले  बताएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?