Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

डाक्टर बन्न सीप परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने


काठमाडौं । डाक्टर चिकित्सक बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए । डा. अधिकारीका अनुसार अबदेखि एमबीबीएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन ।

‘अहिलेसम्म हामीले लिखित परीक्षा मात्रै लिँदै आएका थियौं’ डा. अधिकारीले भने, ‘अब एमबीबीएसपछि इन्टर्नसीपमा ६ महिना बिताएको विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।’ उनका अनुसार ज्ञान र सीप परीक्षणबाट लाइसेन्स परीक्षा गर्दा थप गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ । ‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’

प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ । उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् । ‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नत्र पाउँदैन’ रजिष्ट्रार डा.अधिकारीले  बताएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?