Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

एसियाडको करातेमा नेपाल पहिलो दिन निराश


हान्झाउ ।  १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन । पहिलो दिन कातातर्फ दुई र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै पार गर्न सकेनन् । पहिलो चरणमा महिला र पुरुष दुवैको दु-दुई पुलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । जसमा दुवै पुलबाट शीर्ष चार-चार खेलाडी अर्को चरणमा प्रवेश गरे । नेपाली खेलाडी भने शीर्ष चारमै पर्न सकेनन् । पहिलो चरणमा महिलातर्फ १६ र पुरुषतर्फ १३ खेलाडी प्रतिस्पर्धा गरेका थिए । चतानयारा कुशांकु काता प्रस्तुत गरेका सोनिमले ३८.३ अंक जोड्दै पाँचौ स्थानमा रहे । उनी चौथो भएका भिएतनामका मिन फाम भन्दा थोरैले पछि परेका थिए । फामले ४० अंक जोडेका थिए । यस पुलमा ८ खेलाडी समावेश थियो । यस्तै महिलातर्फ एलिसाले ३७.३ अंक जोडेर ८ खेलाडी सम्मिलित पुलको छैटौं स्थानमा रहिन् । १९औं एसियाडमा करातेतर्फ नेपालबाट कातामा २ खेलाडीले मात्र सहभागिता जनाउँदा टिम काता सहभागि छैन् । कुमुतेतर्फ भने नेपालका ६ खेलाडी सहभागी छन् । जसमा बिहीबारै भएको कुमुतेतर्फ पुरुष ७५ केजी तौल समूहमा मोहमद सेखु आलम पराजित भएका छन् ।

उनी पहिलो खेलमा एसियन च्याम्पियनसिपका स्वर्ण विजेता कजाकस्तानका नुराकानात अझिकानोभसँग ५-० ले पराजित भए । अजिकानोभ फाइनल पुगेपछि सेखु आलमले रिपेचेज खेल्ने मौका पाएका थिए । रिपेचेजमा पनि उनले पहिलो राउण्डमा बाई पाएका थिए तर त्यसपछि रिपेचेजको दोस्रो राउण्डमा कीर्गिस्तानका नाजिम नुर्लानोभसँग २-० ले पराजित हुँदै बाहिरिए । कुमुतेकै विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग, निरुपा तामाङले ६१ केजी तौल समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तरासँग खेल्नेछन् । यस्तै एरिका गुरुङले ६८ केजी तौलको क्वाटरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् भने सन्तोष श्रेष्ठले ६७ केजी तौल समूहको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीसँग खेल्नेछन् । सविना श्रेष्ठले भने १९औं एसियाडको समापनको दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा चीनकै रानरान लीसँग खेल्नेछिन् ।

कुस्तीमा सिवाङ्गी पराजित

१९औं एसियाड अन्तर्गत कुस्तीतर्फ बिहीबार नेपालकी सिवाङ्गी दुवे पराजित भएकी छन् । महिला फ्रिस्टाइल ५७ केजी तौल समूहमाको प्रिक्वाटरफाइनलमा सिवाङ्गी थाइल्याण्डकी स्रिप्रापा थो काएवसँग ८-० ले पराजित भइन् ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?