Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक वितरण


बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ । जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए । “जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भने, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”

सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उनले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभिभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताए । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गर्नुभएको थियो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?