Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक वितरण


बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ । जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए । “जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भने, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”

सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उनले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभिभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताए । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गर्नुभएको थियो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?