एजेन्सी। रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलवार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै एकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर–र गैर–कर अवरोधहरूबाट मुक्त हुने उनको भनाइ छ । इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ ।
एजेन्सी। जनस्वास्थ्य मन्त्रालयकाअनुसार अफगानिस्तानका अधिकारीहरूले मंगलवार काबुलमा ६५ टन म्याद सकिएका र कम गुणस्तरका खाद्य वस्तुहरू नष्ट गरेका छन् । गुप्तचर निर्देशनालय र काबुल नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा ६५ टन, लगभग ११ हजार प्याकेज खाद्य वस्तुहरू नष्ट गरिएको बताएका हुन् । रहिमीकाअनुसार मार्च २१ देखि, मन्त्रालयले काबुलमा कुल १४० टन म्याद
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आराप लगाएका हुन् । उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गरे ।
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालकार्य र बालश्रम छुट्याउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले बालश्रम र बालकार्य नै छुट्याउनु पहिलो कर्तव्य भएको बताए । बालश्रम केलाई भन्ने र बालकार्य केलाई भन्ने भन्नेबारेमा सचेतना फैल्याउनुपर्ने
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताए । उनले रटायर भएको भोलिपल्टै अख्तियार प्रमुख,
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्न वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ अघि सारिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् । विधेयकले स्वदेश र विदेशमा रहेका निजी क्षेत्रका लगानीकर्तालाई पूर्वाधार विकासतर्फ
काठमाडौँ। वैकल्पिक विकास वित्त परिचालन विधेयक आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल भएपनि आवश्यक योजना र कार्यान्वयनको विश्वसनीय ग्यारेन्टी नरहेको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । यद्यपि मुलुकमा लगानीको वातावरण सुधार र पूँजी परिचालनमा विविधिकरण गर्न
काठमाडौँ। पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलवार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने बताएकी छिन् । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता जनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराष्ट्रपति एवं एमाले नेतृ भण्डारीले केन्द्रिय