Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

थापाथली क्षेत्रमा महानगरको डोजर (तस्बिरसहित)


काठमाडौं।काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ ।

शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यि संरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार यी टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पुर्याइरहेको थियो । सार्वजनिक जग्गाको दुरुपयोग भएको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको कामपाले जनाएको छ ।

अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएको थियो, तर अटेर गरिएपछि डोजर चलाइएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरु भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो । बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइइएको थियो ।

त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?