Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

माओवादीसँगको एकता अभियुक्तहरुको एकता हो, प्रचण्ड सम्पती शुद्धिकरणको निगरानीमा छन्: अर्याल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले जेन जी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखेका छन् । उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल सम्पती शुद्धिकरणको निगरानीमा रहनुभएको र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरुसमेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरुको एकता हुने जिकिर गरे । अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन अहिलेको आवश्यकता रहेको बताए । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताउदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी युवाहरुको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानविन आयोगमा गइ बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताएका छन् ।

उनले भने, ‘जेन जी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश छ । यसबारेमा नै हामीले छलफल गरेका छौँ । अहिले के छ भने प्रचण्डजी सम्पती शुद्धिकरणको निगरानीमा हुनुहुन्छ । त्यो पार्टीको उपाध्यक्ष एक जना महराजी सुन तस्करी काण्डमा जेलमा हुनुहुन्छ । त्यो भन्दा बाहेक अरु नेताहरु पनि सुन तस्करी, विभिन्न भ्रष्टाचारका मुद्दामा लागिरहेकै छन् । हाम्रै पार्टीका अध्यक्षलाई पतञ्जली काण्डमा भ्रष्टाचारको मुद्दामा आरोपित नै हुनुहुन्छ । त्यसकारण प्रचण्ड र माधव नेपालसहितको एकता भनेर र यो अभियुक्तहरुको एकता हुन्छ, सबै अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउँदैन । सारा बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन हुनुपर्छ । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता गर्नुपर्छ । ७८ जना युवाको हत्याको आरोपमा अर्धभूमिगत रुपमा गुण्डुमा हुनुहुन्छ, ओली जी । उहाँलाई अधिकार नै छैन । उहाँ छानविन आयोगमा जाने, बयान दिने र राजनीतिक अवकाशमा जाने बाहेकका विकल्प छैन ।’

उनले वाम पार्टीहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताएका छन्। आफूहरु शिर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?