Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न


जनकपुरधाम। आउँदो मंसिर ९ गते हुने विवाहपञ्चमी महोत्सवको तयारी स्वरुप जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

सर्वपक्षीय बैठकबाट प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरिएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा विवापञ्चमी महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु निर्माण गर्ने निर्णय समेत गरिएको छ ।

विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधु सन्तको आवास तथा भोजनको व्यवस्था जानकी मन्दिर आफैँले गर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् । उहनले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउनकालागि जनकपुरधाम नगरवासीलाई समेत आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह समेत गरेका छन् ।

मंसिर ४ गतेबाट शुरु हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विभिन्न उत्सवसँगै मंसिर १० गते सम्पन्न हुनेछ ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?