Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न


जनकपुरधाम। आउँदो मंसिर ९ गते हुने विवाहपञ्चमी महोत्सवको तयारी स्वरुप जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

सर्वपक्षीय बैठकबाट प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरिएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा विवापञ्चमी महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु निर्माण गर्ने निर्णय समेत गरिएको छ ।

विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधु सन्तको आवास तथा भोजनको व्यवस्था जानकी मन्दिर आफैँले गर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् । उहनले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउनकालागि जनकपुरधाम नगरवासीलाई समेत आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह समेत गरेका छन् ।

मंसिर ४ गतेबाट शुरु हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विभिन्न उत्सवसँगै मंसिर १० गते सम्पन्न हुनेछ ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?