मेष (Aries) आजको दिन तपाईंको लागि उत्साहपूर्ण रहनेछ। कुनै नयाँ कामको शुरुवात गर्न चाहनेहरूले राम्रो समय पाउने सम्भावना छ। प्रेम सम्बन्धमा मिठास आउनेछ, तर क्रोध र वाणीमा नियन्त्रण आवश्यक छ। आर्थिक लाभ र सामाजिक मान-सम्मान प्राप्त हुने संकेत छ। वृष (Taurus) आज तपाईंको लगनशीलता देखिनेछ, तर केही कामहरू ढिलो हुन
काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै हेर्न नहुने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले पानीको प्रयोग सम्बन्धमा आएको यो विधेयक महत्वपूर्ण र दूरगामी रहेको उल्लेख गरे ।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । मुहानको प्रयोग जग्गाधनीले मात्रै गर्दा अहिले पनि दलित समुदायले विभिन्न खाले समस्या भोगिरहेको उल्लेख गरे
काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले विधेयकले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नेकुरामा जोड दिएको पनि बताइन
काठमाडौँ। नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले कानून बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएकी छिन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले व्यवस्था परिर्वतनसँगै आवश्यक कानूनहरु परिवर्तन हुन नसक्दा अहिले समस्याहरु देखिरहेको बताइन । उनले कानून निर्माणमा हुने
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी गरिसकेको व्यक्तिको चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिनुपर्ने माग गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । कुनैपनि व्यक्तिले कैद सजाय भुक्तानी गरिसकेपछि प्रहरीको रिपोर्टमा
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे सार्वजनि अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिएका छन् । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीलाई व्यवसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनु भन्दा पहिले मापदण्ड बनाउने कुरा सही रहेको बताएका छन् । सिंहदरबारमा बिहीवार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानूनमन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले कानून व्यवसायी परिषद्भित्र लयर्स एकेडेमी निर्माण
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।
काठमाडौँ। राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीवारदेखि अनलाईनमार्फत उपलब्ध गराउन प्रारम्भ गरेको छ । बिहीवार आयोगले पत्रकार सम्मेलनको आयोजना गर्दै आरटिआई म्यानेजमेण्ट सिस्टमलाई अनलाईन प्रणालीमार्फत उपलब्ध गराउन शुरु गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन बिष्टले पहिलो चरणमा