Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क डिसेम्बरदेखि मद्रासमा हुने


काठमाडौँ। नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखिमा भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ ।

पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप मोड्युलमा आधारित आठ हप्तासम्म चल्ने उक्त कार्यक्रम भारतको प्राविधिक संस्थान (आईआईटी)मद्रासमा हुने बताइएको छ । नेपालका स्टार्टअप उद्यमीहरूले यस कार्यक्रममार्फत आईआईटी मद्रासको नवप्रवर्तन र इन्क्युबेसन प्रणालीमा प्रत्यक्ष सिकाइ र अनुभव लिन पाउने विश्वास गरेका छन् । उक्त कार्यक्रमको तयारीका सम्बन्धमा बिहीवार काठमाडौंस्थित भारतीय दूतावासमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा वीरगंज र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रूपमा सहभागि थिए । कार्यक्रममा सहभागि हुन चाहनेले यही नोबेम्बर नोभेम्बर १५ तारिखसम्म आवेदन दिनसक्ने दुतावासले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?