Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क डिसेम्बरदेखि मद्रासमा हुने


काठमाडौँ। नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखिमा भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ ।

पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप मोड्युलमा आधारित आठ हप्तासम्म चल्ने उक्त कार्यक्रम भारतको प्राविधिक संस्थान (आईआईटी)मद्रासमा हुने बताइएको छ । नेपालका स्टार्टअप उद्यमीहरूले यस कार्यक्रममार्फत आईआईटी मद्रासको नवप्रवर्तन र इन्क्युबेसन प्रणालीमा प्रत्यक्ष सिकाइ र अनुभव लिन पाउने विश्वास गरेका छन् । उक्त कार्यक्रमको तयारीका सम्बन्धमा बिहीवार काठमाडौंस्थित भारतीय दूतावासमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा वीरगंज र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रूपमा सहभागि थिए । कार्यक्रममा सहभागि हुन चाहनेले यही नोबेम्बर नोभेम्बर १५ तारिखसम्म आवेदन दिनसक्ने दुतावासले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?