Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको अगामी रणनीति तय गर्ने मुख्य एजेण्डा


चितवन। चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ ।

बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ । पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने पार्टी सचिवालय सदस्य हरी ढकालले बताए । न का अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

उनले भने, ‘भोलिको विस्तारित बैठकमा देशैभरीबाट ५ सय जनाहरु आउँदै हुनुुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथिहरु सहभागि हुनुहुनेछ । म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु ।’

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?