Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक शहर घोषणा


ललितपुर। ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ ।

महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्र्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो । गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको गरिएको महानगरले जनाएको छ । युनेस्कोबाट संगित विधामा सदस्यता प्राप्त गरेसगै महानगरले चार वर्षको लागि संगितको क्षेत्रका काम गर्ने योजना समेत तयार पारेको छ । महानगरले यस क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा श्रोत तथा साधनको विकास गर्नको लागी ललितपूर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत, समकालिन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराउने बताए । संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उनको भनाई छ । संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उचो बनाउन सबैको साथ सहयोग हुने उनले बताए ।

संस्कृति तथा सिर्जनशीलतालाई दिगो विकासको बाहकको रुपमा अंगिकार गरेका शहरहरुलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय लक्ष्य प्राप्तीमा सहयोग गर्ने उद्देश्यले युनेस्कोले २००४ देखि युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको शुरुवात गरेको हो । हस्तकला तथा लोक कला, डिजाईन, फिल्म, खानपान, साहित्य, मिडिया कला, संगित र वास्तुकला विधामा सञ्जालको सदस्यता लिन सकिन्छ ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?