Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल


काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् ।

शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई लगायतको उपस्थित रहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको बैठक निरन्तर राख्दै अधिवेशन आह्वानका लागि सरकार, राजनीतिक दलहरुसँग छलफल र संसद सुचारु गर्न पहलकदमी गर्दै आएका छन् । संघीय संसद प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाइ सघाउन विभिन्न निर्देशन र अनुगमन गर्न र निरन्तर छलफल गर्नसके सहज र शान्तिपूर्ण वातावरण निर्माण हुनसक्ने संविधानविदहरुले बताउँदै आएका छन् । राष्ट्रिय सभामा दर्ता भएका र विचाराधीन विधेयकलाइ अगाडी बढाउन समितिहरुको बैठक निरन्तर चल्नुपर्ने हुन्छ ।

गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनसँगै संघीय संसदको अधिवेशन अन्त्य भएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड भएपछि बैठक बस्नका लागि स्थानको समस्या छ । तर सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक राख्नेगरी संसद सचिवालयले तयारी समेत गरेको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?