Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

समाचार


काठमाडाैँ महानगरले लगायो २ अस्पतालमा ताला

३० जेठ, काठमाडाैँ । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा सोमबार काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ। दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान

सहकारीका बचतकर्ताको २० करोड बढी रकम ठगी

३० जेठ, सुर्खेत । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले रु

झोलुङ्गे पुलले फेरियो दैनिकी

३० जेठ, बागलुङ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र

सबैको रोजाइमा राराताल

३० जेठ, मुगु । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ । बाजुराको

सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग

३० जेठ, पोखरा । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

३० जेष्ठ ,दमौली । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको

म्याग्दीमा ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम

३० जेष्ठ ,गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै

देशभर तापक्रम बढ्दै

३० जेष्ठ ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

३० जेष्ठ ,भक्तपुर । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो

कुतियाकवरवासी भन्दछन् : ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’

३० जेष्ठ ,दोधारा चाँदनी। तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी

सम्वन्धित समाचारहरु