Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना


२० असार ,काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकि छन् ।

आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिईन् । उनले भनिन्, “बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन । उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ ।”

समारोहमा उपसभामुख रानाले छोरी भएको दुई वर्षमै दाम्पत्य जीवनको अन्त्य गर्न बाध्य भएको बताईन् । “एकल महिलाको सङ्घर्ष र समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ, किनकि आमाको शक्ति आमा बनेपछि मात्र महसुस गर्न सकिन्छ ।”

सोही कार्यक्रममा एकल आम भएर आफ्नो सन्तान हुर्काउने सिएनएन हिरो अनुराधा कोइराला, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो ।

उनिहरूलाई अभिनेत्रीत्रय भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसालले सम्मान गरेका थिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?