Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पर्यटन विकास आयोजनाको म्याद थपियो


२० असार ,बागमती । बागमती प्रदेश सरकारले प्रदेश पर्यटन विकास आयोजनाको म्याद थपेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले आज सो आयोजनाको म्याद थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्बाट पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौँलाई २०८० साउनदेखि २०८२ असार मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रतिपक्ष दलबाट पेश भएर छुट्न गएका योजनालाई पुनः समावेश गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रथम पटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा चन्द्रप्रसाद लुइँटेल तथा पूर्णबहादुर दर्जीलाई प्रदेश सेवा एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा सञ्चालन हुने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि सो जग्गा प्राप्ति ऐन, २०३४ को दफा (क) बमोजिम करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखालाई जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?