Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पिएसजीका गोलकिपर रिकाकोे स्वास्थ्यमा क्रमिक सुधार


२० असार ,बार्सिलोना । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन ९पिएसजी. का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परि अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ ।

“सर्जियो रिकोलाई अहिले सघन कक्ष ९आईसीयू० सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहनुभएको थियो । उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ ।

आजदेखि उनलाई वार्डमा भर्ना गरिएको छ । उनले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नेछन् । रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उनि केही दिनदेखि होशमा आएका छन् ।

फेरि कुराकानी गरिरहेका छन् । गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जितेका थिए र सन् २०२० देखि लगातारपेरिस सेन्ट जर्मेनमा सामेल भइरहेका थिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?