Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध


२० असार ,पाटन । ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताए । “असल अभ्यासको आदानप्रदान गर्नुपर्छ । भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ । मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वस छ । थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ”, नगरप्रमुख महर्जनले भने ।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उनले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदुःखमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने बताए । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्त्वपूर्ण भएको बताए । “राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ । प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ । यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्”, पूर्वसचिव उपाध्यायले भने ।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताएयो । “भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु । दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ । कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु ।” अध्यक्ष अर्यालले भने । उनले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताए ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताईन् । “एक स्थानीय तह र अर्को स्थानीय तह राम्रो संस्कारको सुरुआत भएको छ । भगिनी सम्बन्धले सौहार्दता, सुमधुर सम्बन्धको विकास हुनेछ भन्ने अपेक्षा राख्दछु । यो सम्बन्ध चीरकालसम्म जीवन्त होस्, एकअर्कामा आधार सम्मान कामय होस् । यो भगिनी सम्बन्ध केवल समझदारी पत्रको लेनदेनमा मात्रै सीमित नहोस् ।” उपप्रमुख शाक्यले भनिन् । उनले दुई पालिकाबीचको संस्कृति, परम्परा र उत्पादनमा सहकार्य कायम होस् भन्ने कामना गरिन् ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?