Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत


२० असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताएका छन् ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गरे ।

मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रमा अथाह सम्भावना रहेको र यसको बृहत् विकासका लागि कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्राकृतिक चिकित्सा विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको र प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज बन्न सहज हुने भएकाले यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, सङ्घका अध्यक्ष डा श्यामबाबु यादव, वरिष्ठ उपाध्यक्ष डा शङ्कर गौतमलगायतले आयुर्वेद क्षेत्रको महत्त्वका बारेमा चर्चा गर्दै यसको प्रयोग बढाउने सम्बन्धमा विभिन्न सुझाव दिएका थिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?