Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत


२० असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताएका छन् ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गरे ।

मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रमा अथाह सम्भावना रहेको र यसको बृहत् विकासका लागि कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्राकृतिक चिकित्सा विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको र प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज बन्न सहज हुने भएकाले यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, सङ्घका अध्यक्ष डा श्यामबाबु यादव, वरिष्ठ उपाध्यक्ष डा शङ्कर गौतमलगायतले आयुर्वेद क्षेत्रको महत्त्वका बारेमा चर्चा गर्दै यसको प्रयोग बढाउने सम्बन्धमा विभिन्न सुझाव दिएका थिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?