Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना


२१ असार ,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ ।

चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उनले बताए । “दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ”, लिम्बूले भने ।

ज्ञान केन्द्र सञ्चालन गर्न १० रोपनी जग्गा भाडा लिइएको छ । अहिले घाँस रोप्ने कार्य भइरहेको छ । ज्ञान केन्द्रमार्फत पशुपालन र तरकारी उत्पादन गर्ने तयारी भइरहेको कृषि शाखाले जनाएको छ । कर्मचारी व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका लागि आवश्यक कृषिजन्य वस्तु अनुसन्धान केन्द्रबाटै उत्पादन गर्ने योजना छ । कृषि तथा पशु अनुसन्धान केन्द्रलाई सहयोग गर्न र पालिका क्षेत्रमा प्रयोग गर्न प्राङ्गारिक मल उत्पादन गर्ने तथा जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फार्मबीच सम्झौता भई मल उत्पादनको प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अनुसन्धान केन्द्रमार्फत पशुपन्छीको परीक्षण गर्ने र नश्ल सुधार गर्न उन्नत जातका बीउका लागि पशुपन्छी खरिद गर्ने गाउँपालिकाको योजना छ । आधुनिक प्रविधिका नर्सरी फार्म सञ्चालन गर्ने र उच्च कोटी तथा बहुमूल्य वनस्पतीको बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रले गाउँपालिकाभित्रका किसानलाई पुग्ने जैविक मल आफैँले उत्पादन गर्नका लागि मल कारखाना स्थापान गरिसकेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?