Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

समाचार


सिद्धार्थ राजमार्ग राति बन्द

१७ वैशाख ,रामपुर (पाल्पा) । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ । शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

१७ वैशाख ,रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

१७ वैशाख ,विराटनगर । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर महानगरपालिका–१ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरे । उनले यस वडा शिक्षा र स्वास्थ्यमा पछाडि परेको भन्दै स्थान

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

१७ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि

कपन घटना : लुुटपाटका लागि नीराको हत्या, एक पक्राउ

१७ वैशाख ,काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना

इ–रिक्सा चालक महिलालाई सम्मान

१७ वैशाख ,लुम्बिनी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक

१७ वैशाख ,महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन् । करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए

अरुण नदी आठ घण्टापछि बग्न थाल्यो

१७ वैशाख ,किमाथाङ्का । सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ । आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिराले थुनिएको अरुण

लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

१७ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएको छन् । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लागेको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिए । प्रदेशसभामा रहेका आठ दलको

‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

१७ वैशाख ,जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ

सम्वन्धित समाचारहरु